मारिउपोलमा अझै युक्रेनको नियन्त्रण छ : थिङ्कट्यांक
किभ - रुसले युक्रेनमाथि गरेको आक्रमणबाट सबैभन्दा धेरै प्रभावित भएको शहरमध्येको एक मारिउपोल अझै पनि युक्रेनको नियन्त्रणमा रहेको एक संस्थाले बताएको छ ।
इन्स्टिच्युट फर स्टडी अफ वारले अहिले पनि युक्रेनी सेनाले निरन्तर रुसी आक्रमणविरुद्ध प्रतिकार गरिरहेको बताएको छ । युक्रेनी सेनाले मारिउपोलको पूर्वी दक्षिणपश्चिमी क्षेत्रमा भइरहेको आक्रमणको कडा प्रतिरोध गरिरहेको इन्स्टिच्युटले बताएको हो ।
त्यस्तै युक्रेनी सेनाले खेर्सन शहरमा पनि रुसी सेनामाथि जवाफी आक्रमण गरिरहेको इन्स्टिच्युटले बताएको छ । खेर्सनको पश्चिमी क्षेत्रको धेरै भू-भागमा युक्रेनको सेनाले आफ्नो अधिकार जमाइसकेको छ ।
रुसले आफ्ना सेनालाई पुनर्संगठित गर्दै पूर्वी भागमा आक्रमणको तयारी गरिरहे पनि कमजोर मनोबलको कारण त्यो सम्भव हुन नसकेको इन्स्टिच्युटको अध्ययनले देखाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १०:११
प्रतिक्रिया दिनुहोस्