Nic Ad Nic Ad
Nic Ad Nic Ad

कतार फिफा विश्वकप फुटबलका लागि २९ देश छनौट, नाम चलेका केही देश बाहिरिए

बुधबार, मंसिर ७, २०७९
काठमाडौँ— कतारमा आयोजना हुन लागेको सन् २०२२ को फिफा विश्वकप फुटबल आउन १ वर्ष पनि बाँकी छैन । यसबीचमा लगभग सबै छनोट देशहरूको टुंगो लागि सकेको छ । अहिलेसम्म २९ देश छनौट भैसकेका छन् भने बाँकी तीन देशको छनौटको बाटो पनि तय भइरहेको छ । अहिले चर्चा विश्वकपमा छनौट भएका देश र तिनका स्टार खेलाडीको मात्र छैन, विश्वकप गुमाउने ठूला देश र स्टारको पनि उत्तिकै छ । सबैलाई प्रस्ट थाहा छ, विश्वकपमा सबै देश छनौट हुन सक्दैनन्, चाहे त्यो जत्तिकै ठूलो फुटबल महाशक्ति नै किन नहोस् । छनोट हुन नसकेका देशका खेलाडीहरूले समर्थकसामु आउने विश्वकप घरमै हेर्नेबाहेकका अरू विकल्प हुनेछैन र यी देश साँच्चै विश्वकप अन्तिम चरण किन पुग्न सकेनन् भनेर पनि उत्तिकै विश्लेषण भैरहेको छ । संयुक्त राज्य अमेरिका र क्यानडा सबै भन्दा ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा फर्कने देश मध्येका एक हुन्, जबकि इक्वेडर र घानाले पनि विश्वकपमा आफ्नो पुनरागमन गरेका छन् । त्यस्तै विश्वकपको आयोजक राष्ट्र कतारले पनि पहिलो पटक फिफा विश्वकप खेल्न लागि रहेको छ । अहिले सम्म विश्वकपमा जर्मनी, डेनमार्क, फ्रान्स, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, ङल्याण्ड, स्विट्जरल्याण्ड, नेदरल्याण्डस्, पोर्चुगल, पोल्याण्ड, घाना, सेनेगल, ट्युनिसिया, मोरक्को, क्यामरुन, ब्राजिल, अर्जेन्टिना, उरुग्वे, इक्वेडर, क्यानडा, मेक्सिको, अमेरिका, इरान, दक्षिण कोरिया, जापान, साउदी अरेबिया र आयोजक कतार छनौट भएका छन् । अब बाँकी तीन देश प्लेअफ खेलबाट छानिने छन् । जसमा स्कटल्याण्ड र युक्रेन प्लेअफको सेमिफाइनलमा आगामी जुनमा खेल्ने छन् भने जुनमै विजेताले प्लेअफको फाइनलमा वेल्सविरुद्ध खेल्ने छ । सो प्लेअफ फाइनलको विजेता विश्वकपमा छनौट हुने छ । त्यस्तै दक्षिण अमेरिकी देश पेरुले एशियाको युएई र अस्ट्रेलियाबीचको विजेतासँग इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने फिफाले जनाएको छ । त्यसैगरी उत्तर अमेरिकी क्षेत्रबाट कोष्टारिकाले इन्टर कन्टिनेन्टल प्लेअफ खेल्ने भएको छ । कोष्टारिकाले ओसियाना क्षेत्रको विजेता न्युजिल्याण्डसँग प्लेअफ खेल्ने भएको छ । यसक्रममा केही उच्च वरियता रहेका देशहरू यस विश्वकपमा छनौट हुन असफल भएका छन् । विश्वकपको हरेक संस्करणमा, कुनै न कुनै उच्च वरियताका देशहरू बाहिर रहने गर्दछन् । २०१८ विश्वकपमा युरोपेली दिग्गज इटाली, नेदरल्याण्डस्, चिली र संयुक्त राज्य अमेरिका गुमाउने राष्ट्रहरू थिए । त्यस्तै २०१४ मा डेनमार्क, स्विडेन र सर्बिया प्रतियोगिताबाट बाहिर थिए । कतारमा हुने यस विश्वकपमा पुग्न असफल भएका पाँच उच्च वरियताका देशहरूको चर्चा यस रिपोर्टमा गर्न लागिएको छ । इटालीः वरियता ६ इटाली कतार विश्वकपमा नदेखिने सबैभन्दा ठुलो टिम हो । आफ्नो इतिहासमा पहिलो पटक इटालीले लगातार दुई फिफा विश्वकप गुमाएको छ । प्लेअफको सेमिफाइनलमा उत्तरी म्यासेडोनियासँग १–० ले पराजित हुँदै इटालीले यो विश्वकप पनि गुमाएको हो । अहिलेसम्म इटाली १८ पटक विश्वकपमा सहभागी भएको छ भने चार पटक १९३४, १९३८, १९८२ र २००६ मा विश्वकपको उपाधि जितेको छ । कोलम्बियाः वरियता १७  कोलम्बिया फिफा वरियताको १७औ स्थानमा रहेको कतार विश्वकपमा नदेखिने प्रमुख टिम मध्ये एक हो । यस अघि ६ पटक विश्वकपमा खेलेको कोलम्बियाले २०१४ विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको थियो । कोलम्बिया २०१४ को विश्वकपमा क्वाटरफाइनलसम्म पुगेको थियो । २०१४ र २०१८ मा लगातार दुई फिफा विश्वकपमा छनोट भएपछि कोलम्बिया यस पटक भने असफल भएको छ । स्विडेन वरियता १९ ४० वर्षीय ज्लाटन अन्तर्राष्ट्रिय फुटबलमा फर्किए पनि स्वीडेनले २०२२ फिफा विश्वकपमा स्थान बनाउन सकेन । स्विडेन पोल्याण्डको राष्ट्रिय टोलीसँग प्लेअफमा पराजित हुँदै विश्वकपमा पुग्न असफल भयो । स्टार खेलाडी ज्लाटनले विश्वकपमा कहिल्यै गोल गरेका छैनन र यो वर्ष कतारमा विश्वकप खेलेर विश्वकपमा गोल गर्ने उनको अभिलाषा अधुरो रहने भएको छ । अहिलेसम्म १२ विश्वकप खेलेको स्विडेन सन १९५८ को विश्वकपमा उपविजेता बनेको थियो । चिलीः वरियता २८  चिली कतारमा फिफा विश्वकपको टोलीको हिस्सा हुनेछैन । युरोपभरि खेल्ने स्टार खेलाडीहरूले भरिएको चिलीको राष्ट्रिय टोलीले छनोटमा प्रभाव पार्न सकेन, जसको कारण कतार विश्वकपबाट बाहिर भएको छ । चिली छनौटमा सातौ स्थानमा रहदै विश्वकपमा पुग्न असफल भएको हो । चिलीले आफ्ना १८ छनोट खेलहरूमध्ये नौ हारेको थियो भने पाँचमा मात्र जित हात पारेको थियो । इजिप्टः वरियता ३२  फिफा वरियतामा ३२औं स्थानमा रहेको अफ्रिकी देश इजिप्ट कतार विश्वकपमा छनौट हुन असफल भएको छ । यसअघि तीन पटक १९३४, १९९० र २०१८ मा फिफा विश्वकप खेलेको इजिप्ट यस पटक अन्तिम चरणमा सेनेगलसँग पराजित हुदै विश्वकपमा पुग्न असफल भएको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २०:४९
प्रतिक्रिया दिनुहोस्