गुल्मी महोत्सवको दोस्रो दिन ५ हजार गरे अवलोकन
गुल्मी—चौथो गुल्मी महोत्सवको दोस्रो दिन शनिबार पाँच हजार दर्शकले महोत्सव अवलोकन गरेका छन् ।
महोत्सवमा लोक तथा दोहोरी गायक चन्द्र शर्मा,कुलेन्द्र विश्वकर्मा,सिता राना,अनु राना लगायत जिल्ला स्तरीय कलाकारको बेजोड प्रस्तुति राखेका थिए ।
होत्सवको दोस्रो दिन सबैलाई लोक तथा दोहोरी गायक कुलेन्द्र विश्वकर्मामा नचाए । विश्वकर्माले स्टेजमा सालको पातको टपरी हुनी हे बरै नहुनी सल्लैको गित गाउँदा दर्शक झुमेका थिए ।
चैत्र २५ गते देखी सुरु भएको महोत्सव आगामी बैशाख ०४ गते सम्म चल्ने छ । प्रत्येक दिन महोत्सवमा सास्कृतिक कार्यक्रम, बिभिन्न झाँकी प्रस्तुति रहने छन् । दोस्रो दिन महोत्सवको ५ भन्दा माथि दर्शकले अवलोकन गरेको र भोलि सरकारले सार्वजनिक बिदा दिएकाले दर्शकको संख्या बढ्ने आँकलन गुल्मी उद्योग वाणिज्य संघले गरेको छ ।
महोत्सवबाट आम्दानी भएको रकम मध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य संघको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा ८० हजार दर्शकले मेला अवलोकन गर्ने अपेक्षा राखेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलले बताए । महोत्सवमा दुई सय स्टल रहेका छन् ।
महोत्सवको तेस्रो दिन आइतबार राष्ट्रिय कलाकार राधिका हमाल, रमेशराज भट्टराई, कसुल वेल्वासे, सन्तोष केसी, तुल्सिंह रनपछाई, उज्वल गिरी, कुुसुम परियार, समिक्षा विसी लगायतको बेजोड प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवलाई व्यवस्थित गर्न ३४ वटा उपसमिति गठन गरिएको छ । महोत्सवबाट जिल्लाको कृषि, घरेलु तथा औँद्योगिक क्षेत्रको प्रवर्द्धनसँगै पवित्र तपोभूमि रुरु, रेसुङ्गा, कंके देउराली, मालिका र कुर्घाको स्वाँरा, शान्तिपुरको टिमुरे ताल सहितका पर्यटकीय क्षेत्रहरूको प्रचारप्रसारसँगै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरूको बेजोड प्रस्तुती रहने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२१
प्रतिक्रिया दिनुहोस्