पाकिस्तान सरकारको उदासीनताको विरोध गिलगिटमा भूकम्प पीडितहरूले प्रदर्शन
रोन्डु उपत्यकामा प्रभावितहरूप्रति पाकिस्तान सरकारको उदासीनताको विरोधमा गिलगिटमा भूकम्प पीडितहरूले विरोध प्रदर्शन गरे।
गत वर्ष डिसेम्बरमा गिलगिट–बाल्टिस्तानको रोन्डु उपत्यकामा र मार्च १६ मा फेरि रोन्डु उपत्यकामा शक्तिशाली भूकम्प गएको थियो । प्राकृतिक प्रकोपमा २०० भन्दा बढी घर ध्वस्त भएका थिए भने धेरै मानिस घाइते भएका थिए ।
भूकम्पमा घर गुमाएका धेरै मानिस पालमा बस्न बाध्य भएका छन् । एक स्थानीय नेताले गिलगिट प्रेस क्लबमा पत्रकार सम्मेलनमा रोन्डु जिल्लालाई बाँकी क्षेत्रसँग जोड्ने स्कार्दु(गिलगिट सडक पनि पहिरोका कारण अवरुद्ध भएको बताए। सिँचाइका नालाहरू पनि भत्किएकाले बाँच्नको लागि कृषिमा आश्रित स्थानीयलाई नराम्रो असर परेको उनले बताए ।
पाकिस्तान सरकारले उनीहरुको निवेदनलाई बेवास्ता गरेको र उनीहरुको समस्यालाई अझै सम्बोधन नगरेको बताए । गिलगित प्रेस क्लब बाहिर प्रदर्शनकारीहरूले भने कि अधिकारीहरूले उनीहरूलाई धेरै पटक भेटे तर कुनै पनि कारबाही नगरेकोले हजारौं मानिसहरूको जीवन जोखिममा पारेको छ।
– एएनआई