Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनआईसी एशिया बैंकका सीईओ न्यौपाने ‘म्यानेजर अफ दी इयर’ बाट सम्मानित

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने 'म्यानेजर अफ दी इयर - २०२२' बाट सम्मानित भएका छन् ।

म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) ले व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै आफ्नो साधारणसभाका अवसरमा शनिबार न्यौपानेलाई उक्त सम्मानबाट सम्मानित गरेको हो ।

न्यौपानेले पाँच वर्षदेखि उक्त बैंकको नेतृत्व सम्हाल्दै आएका छन् । उनको नेतृत्व अवधिमा बैंकको कुल कर्जा करिब रू. ७३ अर्बबाट करिब ४ गुणाले वृद्धि भइ रू. २७४ अर्ब पुगेको बैंकले जनाएको छ । साथै निक्षेप संकलन पनि ८६ अर्बबाट करिब ४ गुणाले वृद्धि भइ रू. ३०० अर्ब पुगेको छ । बैंकको प्रतिशेयर आम्दानीतर्फ करिब २ गुणाले वृद्धि भइ रू. ४१.४३ पुगेको छ ।

सम्मानित भएपछि उनले यो सम्मानले आफूलाई थप हौसला प्रदान गरेको बताएका छन् ।

‘म्यानेजर अफ द इयर अवार्ड’बाट सम्मानित हुन पाउँदा म असाध्यै हर्षित महसुस गर्छु। यो अभूतपूर्व सम्मान पाउनु मेरो लागि साँच्चै नै ठूलो सौभाग्यको कुरा हो’ उनले भने, ‘मेरो हौसला, मनोबल र आत्मविश्वासलाई बलियो बनाउनुका साथै अविश्वसनीय अवसर तथा चुनौतीपूर्ण चुनौतीहरूको सामना गर्नु भएकोमा मेरो परिवार, सहकर्मीहरू र एनआईसी एशिया बैंकका प्रत्येक एकल सरोकारवालाहरूप्रति म कृतज्ञ छु।’

सीईओ न्यौपाने प्रबल जनसेवा श्री (चतुर्थ), कर्पोरेट सीईओ अफ द इयर - २०७८ र ग्लोबल बिजिनेस आउटलुक (जीबीओ) लण्डनबाट बैंकिङ सीईओ अफ द इयर - नेपाल २०२१ बाट समेत सम्मानित भइसकेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२३
प्रतिक्रिया दिनुहोस्