प्रदर्शनको १६ दिनमै आरआरआरले कमायो एक हजार करोड
काठमाडौँ– निर्देशक एस एस राजामौलीको चलचित्र ‘आरआरआर’ ले विश्वव्यापी प्रदर्शनको १६ औँ दिन कुल कमाईको नयाँ कीर्तिमान बनाएको छ ।
उक्त चलचित्रको कलेक्शन शुक्रबारको तुलनामा शनिबार ८० प्रतिशतले उछाल आएको र एक हजार करोड रुपैयाँ कमाइ गर्ने तेस्रो भारतीय चलचित्र बन्न सफल भएको छ ।
यसअघि, बाहुबली २ र दंगलले विश्वभरबाट एक हजार करोड रुपैयाँ कमाइ गरेको थियो ।
यस्तै आरआरआरको हिन्दी भर्सनले मात्रै बक्स अफिसमा करिब २२२ करोड रुपैयाँ नेट कलेक्शन गरेको छ । प्रदर्शनको तेस्रो हप्तासम्ममा २५० करोड कमाई गर्ने अनुमान छ । यस्तै, आरआरआरले अमेरिकी बक्स अफिसमा समेत १०० करोड रुपैयाँ कमाई गरेको बताइएको छ ।
यस चलचित्रले शनिबार मात्रै १७ करोड कमाएको थियो । एक हजार करोडको कमाई पार गर्न आरआरआरलाई मात्र १६ दिन लाग्यो । यति छोटो अवधिमा यति धेरै कमाई गर्ने आरआरआर पहिलो भारतीय चलचित्रमा परेको छ ।