सुनको मूल्य फेरि बढेर एक लाख नाघ्यो, तोलाको कति ?
काठमाडौँ– साताको पहिलो दिन आइतवार नेपाली बजारमा सुनको मूल्यमा ८ सय रुपैयाँको वृद्धि भएको छ ।
यस दिन छापावाल सुन प्रति तोला १ लाख ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
शुक्रवार सुनको मूल्य ९९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:२३
प्रतिक्रिया दिनुहोस्