Nic Ad Nic Ad
Nic Ad Nic Ad

अर्थतन्त्रबारे एमालेका तीन पूर्वअर्थमन्त्रीले राखे आफ्नो आधिकारिक धारणा, कसले के भने ? (पूर्णपाठसहित)

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले देशको अर्थतन्त्रबारे आफ्नो धारणा सार्वजनिक गरेका छन् । आइतबार एमालेका तीन जना पूर्वअर्थमन्त्रीले पत्रकार सम्मेलन आयोजना गरी यसबारे आ आफ्नो धारणा राखेका हुन् । एमालेबाट अर्थमन्त्री भइसकेका सुरेन्द्र पाण्डे, विष्णु पौडेल र डा युवराज खतिवडाले देशको अर्थतन्त्र कमजोर भइरहेको बताए । पूर्वअर्थमन्त्री युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गएको भन्दै अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको बताए । यस्तै पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र गम्भीर दुर्घटनाको अवस्थामा पुगेको बताउदै यसलाई अहिले नै सुल्झाउनेतिर लाग्नुपर्ने बताए । यस्तै पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकारले देशको अर्थतन्त्र ध्वस्त बनाएको र मुलुकको आर्थिक अवस्था इतिहासकै कमजोर अवस्थामा बनेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:२३
प्रतिक्रिया दिनुहोस्