Nic Ad Nic Ad
Nic Ad Nic Ad

गाडीसहित विलासिताका वस्तुमा एलसी नखोल्ने वाणिज्य बैंकहरुको निर्णय

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– नेपालका बाणिज्य बैंकहरुले गाडीसहित विलासिताका वस्तुमा एलसी नखोल्ने भएका छन्। नेपाल बैंकर्स संघको आइतबार बसेको बैठकले अत्यावश्यकबाहेकका वस्तुको एलसी नखोल्ने निर्णय गरेको हो। बैंकहरुले निजी सवारीसाधन, चुरोट तथा रक्सी, ड्राई फुड, फर्निचर, सजावटका सामग्री, मोबाइल, कस्मेटिक वस्तुको आयात नखोल्ने निर्णय गरेको छ । राष्ट्र बैंकले १३ सय वस्तु आयातका लागि एलसी खोल्दा खरिदकर्ताले ५० देखि १०० प्रतिशतसम्म नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेको थियो। गत साता राष्ट्र बैंकले वाणिज्य बैंकहरुका प्रमुख कार्यकारी अधिकृतलाई गाडी लगायतका अनावश्यक वस्तु आयातमा एलसी नखोल्न मौखिक निर्देशन दिएको थियो। अटोमोबाइल्स व्यवसायीले भने सवारीसाधन आयात ठप्प बनाउन नहुने बताउँदै आएका छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ००:५१
प्रतिक्रिया दिनुहोस्