एनसेलले ल्यायो नयाँ वर्षमा यस्ता नयाँ आकर्षक अफरहरु
काठमाडौं - नयाँ वर्ष २०७९ एनसेलका ग्राहकहरुका लागि निकै विशेष हुने भएको छ । नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक ‘न्यु इयर कम्बो अफर’ र रिचार्ज योजना ल्याएको छ ।
यी अफरहरु आज (आइतबार चैत्र २७) बाट, लागू भएको छ । यस आकर्षक न्यु इयर कम्बो प्याक अन्तर्गत ग्राहकले ७ दिन र २८ दिन समय सीमा रहेका विभिन्न प्याकहरु चालु गर्न सक्छन् । प्याक अनुसार ग्राहकले अल नेट भ्वाइस, अल टाइम डेटा, अल नेट एसएमएस र नन् स्टप अन नेट भ्वाइस सेवा जस्ता आकर्षक सेवा बण्डलिङबाट फाइदा लिन सक्छन् । त्यस्तै रिचार्ज योजना अन्तर्गत प्रत्येक ग्राहकले ५० रुपैंयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा बोनस स्वरुप फेसबुक, टिकटक, यूट्युब प्रयोग गर्न सोसल मिडिया प्याक प्राप्त गर्दछन् । कम्बो प्याक अन्तर्गत ७ दिनको समय सीमा रहेको प्याक ग्राहकले करसहित मात्र ९६ रुपैंयाँमा चालु गर्न सक्छन् र यस प्याकमा बण्डल गरिएको १ जिबि अल टाइम डेटा र कुनै पनि नेटवर्कमा कल गर्न १०० मिनेट अल नेट टक टाइमबाट फाइदा लिन सक्छन् । त्यस्तै ग्राहकले १६८ रुपैंयाँमा ५ जिबि अल टाइम डेटा र १०० मिनेट अल नेट टक टाइम रहेको अर्को ७ दिने प्याक मात्र १६८ रुपैंयाँमा चालु गर्न सक्छन् । ग्राहकका लागि २८ दिन समय सीमा रहेको प्याक पनि रहेको छ । जस अन्तर्गत ग्राहकले २९८ रुपैंयाँमा २.५ जिबि डेटासँगै २५० मिनेट अल नेट टक टाइमको फाइदा लिन सक्छन् । यो प्याक चालु गर्न इच्छुक ग्राहकले एष्ट्रिक्स १७१२३ एष्ट्रिक्स १ ह्यास डायल गरी यो प्याक चालु गर्न सक्छन् । कम्बो प्याक अन्तर्गतनै विशेष प्रिपेड ग्राहकका लागि धेरै डेटा भोलुमसहित २८ दिन समय सीमा रहेको अन्य दुई प्याकहरु पनि रहेका छन् । ७९८ रुपैंयाँमा एनसेलका प्रिपेड ग्राहकले हरेक दिन १ जिबि डेटासहित नन् स्टप अन नेट कल सुविधा (५००० मिनेटको फेयर युसेज पोलिसी अन्तर्गत रहि), ५० मिनेट अफ नेट टक टाइम र १०० अल नेट एसएमएसको फाइदा लिन सक्छन् । यस्तै २८ दिने प्याकमा रहेको अर्को योजनामा ग्राहकले मात्र ९९८ रुपैयाँमा हरेक दिन २ जिबि डेटा २८ दिनसम्म, एनसेल नेटवर्कभित्र नन् स्टप कल सुविधा, १०० मिनेट अफ नेट टक टाइम र २०० वटा अल नेट एसएमएस पाउँछन् । यसका साथै रिचार्ज योजनामा ग्राहकले ५० रुपैंयाँ वा सो भन्दा बढिको हरेक रिचार्जमा सोसल मिडिया डेटा प्याक प्राप्त गर्दछन् । ५० देखि ९९ रिचार्ज गर्ने ग्राहकले १ दिनको समय सीमा रहेको ५० एमबी सोसल प्याक प्राप्त गर्दछन् । त्यस्तै गरी १०० देखि १९९ को रिचार्जमा ग्राहकले ३ दिनको समय सीमा रहेको २०० एमबी सोसल प्याक र २०० रुपैंयाँ वा सो भन्दा बढिको रिचार्जमा ग्राहकले ७ दिनको समय सीमा रहेको ५०० एमबी सोसल प्याक पाउँछन् ।यसरी बोनसमा पाइने सोसल प्याकको डेटा ग्राहकले फेसबुक, टिकटक र यूट्युब चलाउन प्रयोग गर्न सक्छन् । यी नयाँ योजनाहरुले नयाँ वर्षको शुभकामना आदानप्रदान गर्न र ग्राहकहरुलाई सञ्चार सेवा सुलभ र सहज बनाउन ठूलो महत्व राख्ने विश्वास एनसेलले लिएको छ । रिचार्ज योजना १५ दिनका लागि मान्य रहने छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ००:५२
प्रतिक्रिया दिनुहोस्