Nic Ad Nic Ad
Nic Ad Nic Ad

नवाज शरीफ अर्को महिना पाकिस्तान फर्किन सक्ने

बिहीबार, मंसिर ८, २०७९
एजेन्सी - पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज शरीफ अर्को महिना ईदपछि लन्डनबाट स्वदेश फर्किने अनुमान गरिएको छ । उनी स्वदेश फर्किने तयारी गरेको पीएमएल–एनका एक वरिष्ठ नेताले भनेका छन् । पार्टी नेता मियाँ जावेद लतिफले शरीफको सम्भावित स्वदेश फिर्ताको विषयमा गठबन्धन साझेदारहरूसँग छलफल गरिने बताए । २०१७ मा पनामा पेपर्स मामिलामा सर्वोच्च अदालतले पदमुक्त गरेपछि उनीविरुद्ध सरिफविरुद्ध भ्रष्टाचार मुद्दाहरू शुरू गरेको छ । लाहोर उच्च अदालतले उनलाई उपचारका लागि विदेश जान चार साताको अनुमति दिएपछि नोभेम्बर २०१९ मा सरिफ लन्डन गएका थिए। ईद वैशाखको पहिलो साता मनाइनेछ ।  
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्