प्रेस काउन्सिल पुगेर ऋषि धमलाले भने– ‘पत्रकार आचार संहिताबारे थाहा नै थिएन’
काठमाडौँ— सञ्चारकर्मी ऋषि धमलाले पत्रकार आचार संहिताबारे थाहा नै नभएको बताएका छन् ।
प्रेस काउन्सिल नेपालको कार्यालयमा पुगेर उनले आचार संहिताबारे बल्ल थाहा पाएको र यसको पालना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनको लिखित स्पष्टिकरणमा चित्त नबुझाएपछि सोमबार छलफलका लागि काउन्सिलले कार्यालयमा बोलाएको थियो ।
उनले आफूबाट कमी कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सुधारेर जाने प्रतिबद्धता ब्यक्त गरेको प्रेस काउन्सिलले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा भिडियो छायांकन गर्दै धमलाले देउवा बसेको स्थानमा जर्बजस्ती घुस्ने प्रयास गरेका थिए ।
सो सामग्री प्राइम टिभीबाट समेत प्रशारण भएपछि काउन्सिलले चैत २२ गते २४ घण्टे लिखित स्पष्टिकरण सोधेको थियो ।
धमलाले बुझाएको लिखित स्पष्टिकरण चित्त बुझ्दो नभएको भन्दै काउन्सिलको बैठकले सोमबार उनलाई छलफलका लागि बोलाएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९ ०१:०१
प्रतिक्रिया दिनुहोस्