अर्थमन्त्री शर्माले भने - 'अर्थतन्त्र ठूलो संकटमा गएको भन्दै कुप्रचार गरियो'
काठमाडौं - अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषयमा कुप्रचार गरिएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री शर्माले सो कुरा गरेका हुन् ।
आइतबार नेकपा एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरी देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताउको थियो । एमालेले यस्तो बताएको भोलिपल्ट नै अर्थमन्त्री शर्माले पत्रकार सम्मेलन गरेका हुन् ।
अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको भन्दै शर्माले अर्थतन्त्रका सूचना कमजोर भएपनि धरासायी नै नबनेको प्रस्ट पारे । उनले भने ‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ । त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन् ।
आम जनमानस र व्यावसायिक जगतलाई हतोत्साहित गर्न नहुने बताउदै अर्थमन्त्री शर्माले यस विषयमा राजनीतिकरण गर्न नहुने बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:१४
प्रतिक्रिया दिनुहोस्