आलिया र रणवीरको विवाहको तयारी व्यापक, २८ जना मात्र पाहुनालाई बोलाइने
काठमाडौं – लामोसमयदेखि प्रेमसम्बन्धमा रहेका बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको विवाहको चर्चा अहिले चलिरहेको छ ।
प्रेमसम्बन्धलाई विवाहमा परिणत गर्ने तयारीमा लागेका यी दुईको विवाहको दिन फ्यानहरुले पर्खिरहेका छन् । रणबीर र आलियाको विवाह वास्तुस्थित ब्रान्डाको घरमा हुनेछ । यी दुईले एउटा बैंक्वेट हल पनि बुक गरिसकेका छन् ।
आलिया र रणवीरको विवाह अघि आरके स्टुडियोमा उनीहरुको मेहन्दी र संगीत समारोह हुनेछ । भारतिय मिडियाका अनुसार १३ अप्रिलमा मेहन्दी समारोह र १४ अप्रिलमा संगीत र हल्दी अनुष्ठान गरिने भएको छ ।
रणवीर र आलियाको विवाहको लागि आरके स्टुडियो अहिलेदेखि नै सजाइएको छ । विवाहमा २८ जना मात्रै पाहुना आउनेछन् ।अहिले आलियाको साउथ फिल्म आरआरआर प्रदर्शनमा छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:२१
प्रतिक्रिया दिनुहोस्