Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईपीएल : गुजरातको पहिलो हार

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार व्यहोर्दा सनराइजर्स हैदराबादले दोस्रो जित निकालेको छ ।

सोमबार राति हैदराबादसँग ८ विकेटले गुजरात पराजित भएको हो ।

मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । उसको जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे ।

गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । उसका कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले । अभिनव मनोहरले ३५ रनको योगदान गरे ।

हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान २ विकेट लिए ।

गुजरातको यो आईपीएलको पहिलो हार हो । यसअघि उसले तीन खेलमा लगातार जित निकाल्दै अपराजित रहेको थियो ।

हैदराबादले ४ खेलमा दोस्रो जित निकाल्न सफल भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:५४
प्रतिक्रिया दिनुहोस्