भारतको झारखण्डमा रोप–वे दुर्घटनामा दुईको मृत्यु, १५ जना फसेको आशंका
काठमाडौँ– भारतको झारखण्डमा रोप–वे ट्रली दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना ट्रलीमै फसेका छन् ।
रोप-वेको ट्रलीमा फसेका ३२ जनाको उद्दार गरिएको छ भने बाँकीलाई उद्दार गर्ने क्रम जारी रहेको भारतीय अधिकारीले बताएका छन् ।
रोप-वेका दुई ट्रली ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने एक जनाको उद्दारका क्रममा ज्यान गएको डेपुटी कमिस्नर मन्जुनाथ भजन्त्रीले जानकारी दिएका हुन् ।
झारखण्ड सरकारका एक मन्त्री जगरनाथ महतोले हेलिकोप्टरमार्फत उद्दार गरिएका एक व्यक्तिले हात छोडेका कारण खसेर मृत्यु भएको जानकारी दिएका छन् ।
त्रिकुट पहाडी क्षेत्रमा उक्त रोप वे निजी कम्पनीले सञ्चालन गर्दै आएको थियो ।
मुख्यमन्त्री हेमन्त सोरेनले घटनाको उच्च स्तरीय छानविन गरिने बताएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ११:०६
प्रतिक्रिया दिनुहोस्