Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल नेपाल व्यवस्थापन संघका कार्यकारिणी समितिमा निर्वाचित

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) एवं डेभलपमेन्ट बैंकर्स एसोसिएशन नेपालका अध्यक्ष प्रदयुमन पोखरेल नेपाल व्यवस्थापन संघको कार्यकारिणी समितिमा निर्वाचित भएका छन् । व्यक्तिगततर्फ अत्याधिकभारी मत ल्याउँदै पोखरेल संघको कार्यकारिणी समितिमा निर्वाचित भएका हुन् । शनिबार दरबारमार्गस्थित याक एन्ड यति होटलमा आयोजित समारोहमार्फत मत परिणाम सार्वजनिक गरिएको थियो । यस जितबाट एक बहुमुखी व्यक्तिको नेतृत्वबाट बैंकका सम्पूर्ण कर्मचारीहरुमा थप उर्जा मिल्ने बैंकले विश्वास लिएको छ । साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटीएम मेसिनबाट निःशुल्क रकमझिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाताखोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३, आदि जस्तासेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:१४
प्रतिक्रिया दिनुहोस्