सेगवे– नाइनबटद्धारा नेपालमा स्मार्ट ईलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक
काठमाडौँ—छोटो दुरीका लागि उपयोगी अत्याधुनिक प्रविधियुक्त सवारी साधन निर्माणका लागि विश्वप्रसिद्ध कम्पनी सेगवे–नाइनबटले नयाँ शैलीको इलेक्ट्रिक स्कुटर ई–१२५ सार्वजनिक गरेको छ ।
सेगवे विश्वव्यापी रुपमालोकप्रिय र उच्चविक्रीहुने ई–स्कुटर ब्रान्ड हो ।
नेपालमा सेगवे ई–१२५को विक्रीयही चैत १९ देखि वारेन्टी सहितशुरु भईसकेको छ ।नेपालमा नाईनबटका लागि आधिकारिक बिक्रेता आईहव प्रा.लिले भविष्यमा सेगवेका अरु लोकप्रिय मोडलहरु पनि सार्वजनिक गर्ने बताएको छ ।
ईलेक्ट्रिक स्कुटर ई–१२५ अमेरिकाको मोबिलिटी ईनोभेसन कम्पनी सेगवेको नवप्रवर्तनशील स्कुटर हो । २०२० रेड डट डिजाइन अवार्ड विजेता यो इलेक्ट्रिक स्कुटर सेगवे नाइनबटद्धारा बनाइएको ई श्रृङखलाअन्तर्गतको पहिलो स्कुटर हो ।
यो ईलेक्ट्रिक स्कुटरमाटाढैबाट लक गर्न सकिने, ट्रयाक गर्न सकिने र स्कुटर हराउँदाअलार्म ट्रिगर गर्न सकिने जस्ता नयाँ अविष्कार र सेन्सरहरुले सुसज्जित छ । प्रगतिशील एन्टी थेप्ट सिस्टम स्कुटरको पूर्ण शरीरमा राखिएको छ ।
प्रति घण्टा ७५ कि.मी. सम्मकुद्ने सेगवे ई–१२५मा अधिकतम २,४०० वाट बोस्च ईलेक्ट्रिक मोटर रहेको छ । यसले २०० एनएमको अधिकतम टर्क उपलब्ध गराउँछ । ड्राइभिङ दायराका लागि ७४ भोल्ट र २७ एच लिथियम ब्याट्री भएको यो स्कुटरकोऔसत चार्ज समय ५–६ घण्टा रहेको छ जसमास्कुटरको लागिडबल ब्याट्री स्पेस पनि छ । स्कुटरसँगै सिङ्गलब्याट्री पनि आउँछ र ग्राहकले चाहेमाअर्को ब्याट्री थपेर माइलेज बढाउन सकनेछन् ।
बोस्च को १०औँ पुस्ताको डुअल च्यानलएबिएसब्रेकले सुसज्जित यो स्कुटरले विशिष्ट ब्रेकिङको सुविधाप्रदानगर्दछ । सुन्दर देखिने डिजिटल ड्यासबोर्डले प्रयोगकर्तालाई उच्चसुविधाहरु प्रदानगर्दछ ।
आइपीएक्स५ वाटरप्रुफ सेगवे ई–१२५ पानीमापनिसजिलै चलाउन सकिन्छ । साथै, जहाँअधिकांश पेट्रोलबाट चल्ने स्कुटरहरु कुदाउन सकिंदैन, त्यहाँ सेग्वे ई–१२५ सजिलै चलाउन सकिन्छ ।
सेगवे इ–१२५ दूई भिन्नआकर्षक रंगहरुमाउपलब्ध छ – सेतो र ग्रे । यो स्कुटरको नेपालीमूल्य रु. ३,९१,००० तोकिएको छ ।
मुख्य विशेषताहरु:
डाइमेन्सन : १७४५८६७५८१२००mm
नेट वेट : ८८ के.जी
ग्राउन्ड क्लियरेन्स : १३५ mm(५.३२ ईन्च)
प्याटेन्टेड एन्टी स्कीड ट्युबलेस टायर्स
हाईड्रलिक स्प्रीङ्ग ड्याम्पिङ्ग
फ्रन्ट डिस्क, रेयर डिस्क
म्याक्स स्पीड: ७५कि.मी/प्रतिघण्टा
म्याक्स पावर: ३६०० वाट
टेलर्ड लिथियम ब्याट्री
चार्जिङ टाईम : ५–६ घण्टा
क्ष्एह्छ(ब्याट्री–क्ष्एह्ठ)
२४०० वाट ब्रशलेस ईलेक्ट्रिक मोटर
म्याट्रिक्स एलईडी हेडलाईट एण्ड एलईडी टेल लाईट
डिजिटल डिस्प्ले
रिमोट की कन्ट्रोल
यूएसबीचार्जिङ पोर्ट
२२ लि. अन्डर सीट स्टोरेज स्पेस
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:१६
प्रतिक्रिया दिनुहोस्