Nic Ad Nic Ad
Nic Ad Nic Ad

फिलिपिन्समा शक्तिशाली आँधीपछिको बाढीपहिरोमा २५ जनाको मृत्यु

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - फिलिपिन्समा समुद्री आँधीपछिको बाढीपहिरोमा परेर २५ जनाको मृत्यु भएको छ भने केही मानिस घाइते भएका छन् । अगाटनसमेत भनिने मेगी आँधीबाट पूर्वी तट प्रभावित रहेको अन्तर्राष्ट्रिय मिडियामा जनाइएको छ । शक्तिशाली आँधी आएपछि पूर्वी तटका १३ हजारभन्दा बढी मानिस उच्च क्षेत्रमा भागेका छन् । भीषण वर्षा र हावाले विद्युत आपूर्ति अवरोध गर्नुका साथै घर तथा मैदान जलमग्न बनाएको छ । उद्धारकर्ताहरू हिलोको दलदलमा हिंडिरहेको र जलमग्न घरहरू भएको क्षेत्रहरूमा पुग्न प्रयास गरिरहेको तस्बिर सामाजिक सञ्जालरूमा सेयर गरिएका छन् । बाढीपहिरोबाट लियती प्रान्त सबैभन्दा बढी २२ शव फेला परेको बतायएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:०६
प्रतिक्रिया दिनुहोस्