Nic Ad Nic Ad
Nic Ad Nic Ad

शोधानान्तर घाटा २ खर्ब ५८ अर्ब पुग्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं —फागुन महिनासम्ममा देशबाट बाहिरिने रकम र भित्रने रकमको अन्तर (शोधानान्तर) २ खर्ब ५८ अर्ब रुपैयाँले घाटामा गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार फागुन मसान्तसम्म २ खर्ब ५८ अर्ब रुपैयाँले शोधानान्तर घाटामा रहेको तथ्यांक सार्वजनिक गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ६८ अर्ब १ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५६ करोड ५८ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब १७ करोडले घाटामा रहेको छ । माघ मसान्तसम्म २ खर्ब ४७ अर्बले शोधानान्तर घाटामा थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:१५
प्रतिक्रिया दिनुहोस्