नेपालको अर्थतन्त्रको बारेमा आत्तिहाल्नुपर्ने अवस्था छैन तर संयमता अपनाउनुपर्नेछ: पूर्व गभर्नर नेपाल
काठमाडौँ—नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले नेपालको अर्थतन्त्रको समस्या श्रीलंकाको बाटोमा नरहेको दाबी गरेका छन् ।
उनले नेपालको अर्थतन्त्रमा देखिएको अहिलेको समस्या छिट्टै समाधान हुनेपनि विश्वास व्यक्त गरे ।
उनले नेपालको विदेशी ऋण पनि धेरै नरहेको भन्दै अहिलेको अवस्थामा सवैले संयमता अपनाउनुपर्ने बताए।
उनले कोभिडपछिको अवस्थामा बजेटले सम्बोधन नगर्दा केन्द्रीय बैंकले सम्बोधन गरेको स्मरण गराए ।
उनले अर्थमन्त्री र केन्द्रीय बैंकबीच टसल हुने कुरा सामान्य भएको बताए । उनले केन्द्रीय बैंक सधैं कडा रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिए।
विलासी वस्तुको आयात नगर्नेजस्ता विषयमा केन्द्रीय बैंकले सबैको समन्वयमा त्यसखालको नीति लिनुपर्नेमा जोड दिँदै उनले युक्रेन र रसियाको युद्धको कारण खाद्य र तेलको मूल्य बढेको बबताए
पछिल्लो समय केन्द्रीय बैंकले लिएको नीतिगत कुराले अर्थतन्त्रलाई केही चाँडै नै सुधारमा ल्याउँने पनि उनले बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०१:३७
प्रतिक्रिया दिनुहोस्