Nic Ad Nic Ad
Nic Ad Nic Ad

बाइडेनको आरोप : पुटिनले युक्रेनमा नरसंहार मच्चाए

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– अमेरिकाका राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नरसंहार गरिरहेको आरोप लगाएका छन् ।

यसअघि उनले युक्रेनमाथि रुसले गरेको आक्रमणलाई युद्ध अपराध भनेका थिए ।

आयोवा राज्यको मेन्लोमा आयोजित कार्यक्रममा बाइडेनले पुटिनले युक्रेनमा नरसंहार मच्चाइरहेको बताएका हुन् । बाइडेनले पुटिनमाथि पहिलोपटक नरसंहारको आरोप लगाएका हुन् ।

युक्रेन तथा विश्वका विभिन्न देशका नेता एवम् अन्तर्राष्ट्रिय संगठनहरुले लगातार नरसंहार तथा युद्ध अपराधको आरोप तथा युद्ध अपराधको आरोप लगाउँदै छानबिनको माग गर्दै आएका छन् ।

पुटिनले युक्रेनी हुनु नै अपराधझैँ गरेको र त्यो सोझै जातीय नरसंहार जस्तो आफूलाई लागेको बाइडेनको भनाइ छ ।

आफ्नो टिप्पणीको व्याख्या गर्दै उनले आफूले नरसंहार भनेको र त्यो कुरा पुटिनका क्रियाकलापका कारण झन् झन् स्पष्ट हुँदै गएको पनि बताए।

कानुनी रूपमा यस्ता कार्य के हुन् भन्ने निर्क्योल गर्ने जिम्मा वकिलहरूलाई दिइने तर सोझो रूपमा आफूलाई यो नरसंहार नै भएको लागेको बाइडनले बताए।

यसअघि अमेरिकी राष्ट्रपतिले बुचा तथा अन्य नगरहरूमा सयौँ गैरसैनिकको हत्यापश्चात् रुसलाई युक्रेनमा युद्ध अपराध गरेको आरोप लगाएका थिए।

रुसले युक्रेनमा गैरसैनिकलाई निसानामा पारेको अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्