Nic Ad Nic Ad
Nic Ad Nic Ad

चुट्किला - नर्क जाने होइन

बिहीबार, मंसिर ८, २०७९
नर्क जाने होइन एकजना जँड्याहा डुङ्डुङ्ती गनाउँदै बसमा चढ्यो र एक जना सज्जन बसेको सिटमा गएर बस्यो । सज्जनले नाक थुन्दै भन्यो— भाइ के तिमीलाई थाहा छैन, रक्सी खाएर सिधै नर्कतिर गइन्छ भन्ने कुरा ! के तिमी नर्कतिर जाने विचारमा छौ ? जँड्याहा करायो — ए डाइभर गाडी रोक रोक, म त बानेश्वर पो जानुपर्ने हो, नर्क जाने होइन । तड्पाई तड्पाई मार्न एउटा ३० के.जी.को श्रीमान् र ६० केजीकी श्रीमती थिए । उनीहरु एउटै ओछ्यानमा सुतिरहेका थिए । रात पनि विस्तारै छिप्पिँदै थियो । उसकी श्रीमती मस्त निद्रामा थिइन् भने श्रीमानचाहिँ सासै फेर्न नसकेर उकुसमुकुस थियो । मध्यरातमा श्रीमान्ले सोध्यो— डार्लिङ मानिसलाई तड्पाई तड्पाई मार्न जाति कि एकै पटकमा मार्न जाति ? श्रीमतीले निद्रामा नै बोली— एकैपटकमा । श्रीमान्— त्यसो भए अर्को खुट्टा पनि बोकाऊ न त । साभार : ‘हँसाउने चुट्किला’ पुस्तकबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २३:२०
प्रतिक्रिया दिनुहोस्