Nic Ad Nic Ad
Nic Ad Nic Ad

सशस्त्र प्रहरी महानिरीक्षकमा पुष्पराम केसी नियुक्त

शुक्रबार, मंसिर ९, २०७९
काठमाडौँ— सरकारले पुष्पराम केसीलाई महानिरीक्षक (आइजीपी) नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई आईजीपी नियुक्त गरेको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चार वर्षे कार्यकाल पूरा गरी संगठनबाट सोमबार विदा भएपछि वारियतामा अगाडी रहेका केसीले निमित्तको जिममेवारी समेत पाएका थिए । केसीले २०४९ वैशाख १८ गते नेपाल प्रहरी सेवामा प्रहरी निरीक्षकका रुपमा प्रवेश गरेका थिए । उनी २०५८ सालमा डीएसपीमा बढुवा भएर सशस्त्रमा प्रवेश गरेका थिए । उनी २१ दिनका लागि मात्र आईजीपी नियुक्त भएका हुन् । नवनियुक्त आईजी केसीले वैशाख १८ गतेसम्म मात्रै सशस्त्रको नेतृत्व सम्हाल्ने छन्। आईजीपी केसी नुवाकोटका बासिन्दा हुन्।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ००:०४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार