Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक हजारभन्दा बढी युक्रेनी सैनिकद्वारा आत्मसमर्पण

बिहीबार, मंसिर ८, २०७९
मस्को - एक हजारभन्दा बढी युक्रेनी सैनिकले पूर्वी युक्रेनको बन्दरगाह सहर मारिउपोलमा आत्मसमर्पण गरेका रुसको रक्षा मन्त्रालयले बुधबार जानकारी दिएको छ । ती सैनिकहरुलाई रुसी सेनाले एक महिनाभन्दा बढी समयदेखि घेरामा राखेका थिए । मारिउपोल सहरमा एक हजार २६ युक्रेनी सैनिकहरूले स्वेच्छाले हतियार त्यागेर आत्मसमर्पण गरेका मन्त्रालयले एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:३१
प्रतिक्रिया दिनुहोस्