Nic Ad Nic Ad
Nic Ad Nic Ad

त्रिभुवन विमानस्थलबाट साढे सात लाख अवैध रकमसहित भारतीय नागरिक पक्राउ

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - त्रिभुवन विमानस्थलबाट अवैध मुद्रासहित एक भारतीय नागरिक पक्राउ परेका छन् । मंगलबार इन्डिगो एयरबाट भारतको दिल्ली उड्न लागेका ३२ वर्षीय भारतीय यात्रु कन्हैंया लाल पक्राउ परेका हुन् । उनको झोला चेकजाँच गर्दा झोलाभित्र हरियो प्लाष्टिकमा नेपालमा प्रतिबन्धित गरिएको भारतीय रुपैयाँसहित उनी पक्राउ परेका हुन् । उनको साथबाट ५०० दरका २१७ थान भारतीय रुपैयाँ, १००० दरका ६१४ थान नेपाली रुपैयाँ, ५०० दरको ८० थान नेपाली रुपैयाँसहित कुल ७ लाख ६२ हजार ५ सय नगद बरामद गरिएको अन्तर्राष्टिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ । थप अनुसन्धानका लागि उनलाई राजश्व अनुसन्धान विभाग हरिहरभवन, ललितपुरमा बुझाइएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको हो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:३८
प्रतिक्रिया दिनुहोस्