Nic Ad Nic Ad
Nic Ad Nic Ad

रणवीरले आफ्नी हुनेवाला श्रीमती आलियाका लागि विदेशबाट मगाए यस्तो उपहार

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं – लामोसमयदेखि प्रेमसम्बन्धमा रहेका बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुरको विवाहको चर्चा अहिले निकै छ । दुवै जना आफ्नो प्रेमसम्बन्धलाई धुमधामका साथ विवाहमा परिणत गरे तयारीमा लागेका छन् । उनीहरुको विवाह वास्तुस्थित ब्रान्डाको घरमा हुने भारतिय मिडियामा बताइएको छ । यी दुईले एउटा बैंक्वेट हल पनि बुक गरिसकेका छन् । आलिया र रणवीरको विवाह अघि आरके स्टुडियोमा उनीहरुको मेहन्दी र संगीत समारोह हुनेछ । भारतिय मिडियाका अनुसार १३ अप्रिलमा मेहन्दी समारोह र १४ अप्रिलमा संगीत र हल्दी अनुष्ठान गरिने भएको छ । रणवीर र आलियाको विवाहको लागि आरके स्टुडियो अहिलेदेखि नै सजाइएको छ । रणवीरले आफ्नी भावी श्रीमती आलियाका लागि विशेष उपहार दिने योजना बनाएका छन् । यसका लागी उपहार विदेशबाट अर्डर गरेको बताइएको छ । रणवीरले आफ्नी दुलहीलाई कस्टम मेड वेडिंग ब्यान्ड दिने बताइएको छ । यस ब्यान्डमा जम्मा ८ वटा हीरा छन्।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०१:२१
प्रतिक्रिया दिनुहोस्