एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच क्यु.आर.कोड सम्वन्धी सम्झौता तथा वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं - नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा नाई संघमा रहेका देशभरका ७०० भन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू।आर। कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो । नाई संघमा आबद्ध नाईहरुलाई क्यू।आर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको बैंकले प्रेस विज्ञप्तिमा जानकारी गराएको छ ।
प्रेस विज्ञप्ति
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंक र नेपाल राष्ट्रिय नाई संघ बिच क्यु.आर.कोड सम्वन्धी सम्झौता तथा वित्तीय साक्षरता कार्यक्रम
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको चौथो राष्ट्रिय सम्मेलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रममा बैंकले वित्तीय साक्षरता अन्तर्गत बैंकिङ्ग कारोबार, बचतका फाइदा तथा क्यू.आर. कोडबाट हुने कारोबार सम्बन्धमा विस्तृत रुपमा जानकारी गराएको थियो । कार्यक्रममा नेपाल राष्ट्रिय नाई संघमा आबद्ध देशै भरिका ७०० भन्दा बढी नाई सदस्यहरुको सहभागिता रहेको थियो ।
नेपाल राष्ट्रिय नाई संघमा आबद्ध नाईहरुलाई क्यू.आर कोड सेवा प्रदान गर्ने सम्बन्धी द्विपक्षीय सम्झौता समेत भएको छ । यस सम्झौता अन्तर्गत नेपाल राष्ट्रिय नाई संघमा आबद्ध भई क्यू.आर. कोड सेवा लिएका नाईलाई बैंकले उपलब्ध गराउने सेवा सुबिधामा उच्च प्राथमिकता दिने तथा शुल्कहरुमा आवश्यक छुट दिनेछ । सम्झौता पत्रमा बैंकका तर्फबाट नायव महा–प्रबन्धक मुकुन्द सुबेदी र नेपाल राष्ट्रिय नाई संघका तर्फबाट अध्यक्ष पल्टन ठाकुरले हस्ताक्षर गर्नुभएको छ ।
नेपालको वित्तीय क्षेत्रमा विगत २५ वर्षदेखि सरल, सहज र भरपर्दो बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले ग्राहकहरु माझ थुप्रै खालका सेवा सुविधाहरु ल्याउँदै आएको छ । बैंकले ल्याएका विभिन्न खालका नयाँ र आकर्षक सेवा सुविधाका कारण ग्राहकहरुको आकर्षण बढ्दो छ ।
देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १३७ शाखा १३ एक्स्टेन्सन काउन्टर र ११४ एटिएम वुथहरु सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ । एनसीसी बैंक २५ वर्ष देखि आम नागरिकका माझ विश्वासिलो बैकिङ्ग सेवा प्रवाह गर्नुका साथै सामाजिक कार्यहरुमा पनि सक्रीय रुपमा सहभागी हुँदै आएको छ ।
धन्यवाद ।
नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक
केन्द्रीय कार्यालय, बागबजार काठमाडौँ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:०५
प्रतिक्रिया दिनुहोस्