Nic Ad Nic Ad
Nic Ad Nic Ad

किम जङ-अन उत्तर कोरियाको सर्वोच्च नेता बनेको १० वर्ष पूरा

बिहीबार, मंसिर ८, २०७९
किम जङ-अन देशको सर्वोच्च नेता बनेको १० वर्ष पुगेको अवसरमा उनको प्रशंसा गर्दै उत्तर कोरियाले उत्सव मनाइरहेको छ। परमाणुअस्त्र निर्माण गर्न बलियो नेतृत्व गरेको र देशलाई राम्ररी हाँकेको भन्दै उनको प्रशंसा गरिएको विवरणहरूमा जनाइएको छ । सो अवसरमा उनका नयाँ तस्बिरहरू पनि सार्वजनिक गरिएको छ। सन् २०११ मा उनका पिताको मृत्यु भएपछि किम सत्तारूढ वर्कर्स पार्टीको नेता बनेका थिए। उत्तर कोरियाले किमको शासनकाल सुरु भएपछि चार पटक परमाणुअस्त्र परीक्षण गरिसकेको छ। भिडिओ र समाचार बीबीसी नेपालीबाट
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:३२
प्रतिक्रिया दिनुहोस्