Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसले युक्रेनको मारिऊपोल कब्जा गरेको भिडियो सार्वजनिक

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - रुसीले युक्रेनमाथि हमला गरेको आज ५० औं दिन पुगेको छ । अहिले पनि रुसी सेनाले खार्किभ, दोनेत्स्क र जापोरिज्जिया क्षेत्र र नागरिक पूर्वाधारमा व्यवस्थित मिसाइल र बम आक्रमण जारी राखेको बताइएको छ । उत्तरपूर्वी युक्रेनको स्लोबोजान्स्कीमा रूसी सेनाले आक्रमण गर्न सम्भावित ठाउँहरू खाजी गरिरहेको छ । यसैबीच रुसको रक्षा मन्त्रालयले युक्रेनको मारिऊपोल सहरमा पुगेको क्षति देखाउने एक भिडियो सार्वजनिक गरेको छ । जुन भिडियो बीबीसी नेपालीले पनि देखाएको छ । यो भिडियो ड्रोनबाट खिचिएको हो । केही समयदेखि भीषण आक्रमणमा परेको मारिऊपोल आफ्नो नियन्त्रणमा आएको रुसी सेनाले दाबी गरिरहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५३
प्रतिक्रिया दिनुहोस्