प्रभु समूहका अध्यक्ष भट्टचन राष्ट्रपतिबाट सम्मानित
काठमाडौँ— प्रभु समूहका अध्यक्ष देबि प्रकाश भट्टचन राष्टपतिबाट सम्मानित भएका छन् ।
आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा अध्यक्ष भट्टचनलाई राष्ट्रपति भण्डारीले सु–किर्तिमय राष्ट्रदिप बिभूषण द्वारा बिभूषित गरेकी हुन् ।
२०५३ सालदेखि बैंकिङ क्षेत्रमा प्रवेश गरेका भट्टचन अहिले प्रभु ग्रुपका अध्यक्ष छन् । नेपालको बैंकिङ क्षेत्रमा महत्वपूर्ण योगदान गरेका कारण उनी सरकारबाट विभुषित भएका छन् ।
नयाँ वर्षको अवसर पारेर दिइने उक्त सम्मानमा भट्टचन सम्मानीत भएका हुन् । भट्टचन प्रभु बैंकका अध्यक्ष समेत रहेका छन् ।
प्रभु ग्रुपले प्रभु बैंक, आशा लघुवित्त, प्रभु मनि ट्रान्सफर, प्रभु पे, प्रभु इन्स्योरेनस, प्रभु लाइफ इन्स्योरेनस लगायतमा लगानी गरेको छ । दुई दशक लामो बैंकिङ क्षेत्रमा काम गरिसकेका भट्टचन एउटा सफल व्यक्ति हुन् ।
नेपालका हरेक क्षेत्रमा विकास र आर्थिक समृद्धिको सम्भावना देख्ने भट्टचन वित्तीय क्षेत्रसँगै विभिन्न व्यवसायमा आवद्ध छन् ।
सबै क्षेत्रमा सम्भावना देख्ने हिम्मत भएकै व्यक्ति भएका कारण भट्टचनले समस्यामा परेका बैंकहरुलाई साथमा लिएर अगाडी बढ्दा समेत सफलता प्राप्त गरे ।
सम्भावना देख्ने व्यक्ति भएकै कारण उनले प्रभु फाइनान्सलाई प्रभु बैंक बनाउन सफल भए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:०६
प्रतिक्रिया दिनुहोस्