Nic Ad Nic Ad
Nic Ad Nic Ad

राष्ट्रपतिबाट विभुषित भईन प्रभु बैँककी सिओओ पन्त

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ— प्रभु बैककी चिफ अपरेटिङ अफिसर (सीओओ) रश्मी पन्तलाई राष्ट्रपति विद्या देबी भण्डारीले विभुषित गरेकी छिन् ।

आज राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा सिओओ पन्तलाई राष्ट्रपति भण्डारीले प्रवल जनसेवाश्री मानपदवीद्वारा बिभूषित गरेकी हुन् ।

पन्तले प्रभु बैंकमा २०१५ मा  प्रवेश गरेकी थिईन । त्यसपछि उनले कर्पोरेट हेड, एचआर हेड र चिफ कर्पोरेट प्लानिंग अफिसरका रुपमा प्रभुमा जिम्मेवारी सम्हालेकी थिईन ।

पन्त बैंकिङ क्षेत्रमा प्रवेश गर्नुअघि इसिमोडमा कार्यरत थिईन । पन्तको घर सुदुरपश्चिमको कंचनपुर हो ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:०६
प्रतिक्रिया दिनुहोस्