Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईपीएलमा राजस्थानलाई पराजित गर्दै गुजरात शीर्ष स्थानमा

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– गुजरात टाइटान्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईमा भएको खेलमा गुजरातले दिएको १९३ रनको लक्ष्य पछ्याएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर मात्र १५५ रन बनायो ।

राजस्थानका लागि जोस बट्लरले ५४ रनको अर्धशतकीय पारी खेले ।त्यस्तै सिमरोन हेटमायरले २९ रन बनाउँदा रियान परागले १८ रनको योगदान गरे ।

बलिङतर्फ गुजरातका लागि लकी फर्ग्युसन र यस दयालले समान तीन–तीन विकेट लिए । त्यस्तै मोहमद श्वामी र कप्तान हार्दीक पाड्याले समान एक–एक विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १९२ रन बनाएको थियो ।​ गुजरातका लागि कप्तान हार्दिक पाड्याले ८७ रनको अर्धशतकीय पारी खेले ।

त्यस्तै अभिनव मोनहरले ४३ रन बनाउँदा डेभिड मिलरले ३१ रनको योगदा गरे । बलिङतर्फ राजस्थानका लागि कुलदीप शेन, युजभेन्द्र चहाल र रियन परागले समान एक–एक विकेट लिए । जितसँगै गुजरातले ५ खेलबाट ८ अंक जोडेको छ । गुजरात तालिकाको शीर्ष स्थानमा छ । पराजित राजस्थान ५ खेलबाट ६ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:५१
प्रतिक्रिया दिनुहोस्