Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुसी युद्धपोत ‘मोस्कभा’ ब्लाक सीमा डुब्यो

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– विष्फोटका कारण क्षतिग्रस्त भएको रुसी युद्दपोत डुबेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । ‘मोस्कभा’ नामक उक्त युद्धपोत बुधबार क्षतिग्रस्त भएको थियो । ब्लाक सीबाट बन्दरगाहतर्फ लैजादै गर्दा समुद्री तुफानका कारण उक्त युद्धपोत डुबेको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ । ५१० क्रु मिसाइल क्रुजर रुसको शैन्य शक्तिको प्रतिकका रुपमा रहेको थियो । जसले युक्रेनमाथि नौसैनिक आक्रमणको नेतृत्व गरेको थियो । यता, किभले भने उक्त युद्धपोतमा आफूले मिसाइल आक्रमण गरेको जनाएको छ । तर मस्कोले भने आक्रमणको कुनै जानकारी दिएको छैन । आगो लागेका कारण जहाज डुबेको उल्लेख गरिएको छ । आगलागीका कारण युद्धपोतमा रहेका गोला–बारुद विष्फोट हुँदा क्षति पुगेको रुसले जनाएको छ । घटनालगत्तै चालक दलका सदस्यलाई भने ब्लाक सी नजिकैको अर्को रुसी जहाजमा सारिएको बताइएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ११:५२
प्रतिक्रिया दिनुहोस्