युक्रेनको दाबी : युद्धमा २० हजार रुसी सेनाको मृत्यु
काठमाडौँ– युक्रेनले करिब २० हजार रुसी सैनिकको मृत्यु भएको दाबी गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धका क्रममा रुसी सेनाको ठूलो क्षती भएको उल्लेख गर्दै करिब २० हजार रुसी सेनाको मृत्यु भएको बताएका हुन् ।
जेलेन्स्कीले सीएनएनसँगको कुराकानीमा यस्तो बताएका हुन् । तर, मस्कोले भने १ हजार ३५१ जना रुसी सेनाको मृत्यु भएको दाबी गरेको छ ।
यस्तै युद्धमा २ हजार ५०० देखि तीन हजार युक्रेनी सेनाको मृत्यु भएको राष्ट्रपति जेलेन्स्कीले बताएका छन् ।
उनले सीएनएनलाई दिएको जानकारी अनुसार १० हजार सेना घाइते भएका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:१५
प्रतिक्रिया दिनुहोस्