Nic Ad Nic Ad
Nic Ad Nic Ad

श्रीलंकामा इन्धन बिक्रीमा सीमा निर्धारण

बिहीबार, मंसिर ८, २०७९
काठमाडौँ– आर्थिक संकटग्रस्त श्रीलंकामा इन्धन बिक्रीमा सीमा निर्धारण गरिएको छ । सरकारको स्वामित्वमा रहेको सिलोन पेट्रोलियम कर्पोरेसन (सीपिसी)ले दुई पांग्रे सवारी साधन भएका व्यक्तिलाई एक पटकमा बढीमा १ हजार श्रीलंकाली रुपैयाँ बराबरको पेट्रोल दिने भएको छ । जबकि तीन पांग्रे सवारी साधनले १५ सय श्रीलंकाली रुपैयाँ मूल्यको इन्धन (पेट्रोल वा डिजेल) र कार, भ्यान र जिपले ५ हजार रुपैयासम्मको पाउन सक्नेछन् । तर, बस, लरी र अन्य व्यावसायिक सवारी साधनमा भने यो सीमा लागू हुनेछैन। यसैबीच, सीलोनका धेरै पेट्रोल स्टेसनबाहिर इन्धन भर्नेहरुको लामो लाइन लागेको छ । धेरैले पेट्रोल लिन घण्टौं कुरेर पनि खाली हात फर्किन बाध्य भएको गुनासो गरेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्