भारतमा फेरि कोरोना संक्रमण दर बढ्यो, एकै दिन थपिए ९७५ जना संक्रमित
काठमाडौँ– भारतमा फेरि कोरोना भाइरसको संक्रमण दर बढ्न थालेको छ ।
पछिल्लो २४ घण्टामा भारतमा ९ सय ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै भारतमा कोरोना संक्रमितको संख्या चार करोड ३० लाख पुगेको छ ।
संक्रमणका कारण पछिल्लो २४ घण्टामा चार जनाको मृत्यु भएको छ । यसअघि शुक्रबार ९ सय ४९ जनामा संक्रमण पुष्टि भएको थियो भने ६ जनाको ज्यान गएको थियो ।
भारतमा कोरोनाबाट हालसम्म ५ लाख २१ हजारको मृत्यु भएको तथ्यांक छ ।
हाल भारतभर ११ हजार १९१ जना सक्रिय संक्रमित रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:१५
प्रतिक्रिया दिनुहोस्