आईपीएल : दिल्लीलाई हराउँदै बैंग्लोर तेस्रो स्थानमा उक्लियो
काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ ।
शनिबार राति भएको खेलमा बैंग्लोरले क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो । यो जितसँगै बैंग्लोर ८ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।
१९० रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ७ विकेट गुमाउँदै १७३ मात्रै बनाएपछि बैंग्लोर विजयी भएको हो ।
पहिले ब्याटिङ गरेको बैंग्लोरले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १८९ रन बनाएको थियो।
बैंग्लोरले हालसम्म पाँच खेल खेलको छ । लगातार तीन खेल तिलेको बैंग्लोर चौथो खेल भने चेन्नेइ सुपर किंससँग हारेको थियो । पुन: पाँचौं खेल जितेर बंग्लोरले अंक तालिकामा सुधार गरेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २१:४३
प्रतिक्रिया दिनुहोस्