श्रीलंकामा ५ दिनका लागि सेयर बजार बन्द
काठमाडौँ– श्रीलंकाको आर्थिक संकट निरन्तर गहिरिँदै गएको छ ।
हार्ड डिफल्ट हुनबाट जोगिनका लागि श्रीलंकाले केही समय अन्य देशको ऋण तिर्न नसक्ने घोषणा गरेको थियो ।
यसबीच शनिबार एउटा नयाँ खबर सार्वजनिक भएको छ । खबरअनुसार श्रीलंकाको मुख्य स्टक एक्सचेन्ज ‘कोलम्बो स्टक एक्सचेन्ज’ भोलि अप्रिल १८ बाट ५ दिनका लागि बन्द गरिने घोषणा गरिएको छ ।
श्रीलंकाको धितोपत्र आयोगले देशको आर्थिक अवस्थालाई ध्यानमा राखेर कोलम्बो स्टक एक्सचेन्जलाई यस्तो आदेश दिएको हो ।
कुल ८१ अर्ब डलरको अर्थतन्त्र भएको श्रीलंकामा यस वर्ष ८ अर्ब ६ करोड डलर ऋणको दायित्व छ । तर, श्रीलंका सरकारले केही समयका लागि सबै वैदेशिक ऋणको भुक्तानी स्थगित गरेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ १२:१५
प्रतिक्रिया दिनुहोस्