तीन दिनमा 'केजीएफ'ले ६ करोड कमाउँदा 'ए मेरो हजुर'ले कति कमायो?
काठमाडौँ— दक्षिण भारतीय चलचित्र केजीएफ–च्याप्टर २ ले नेपाली बक्सअपिसमा आफ्नो दबदबा कायम नै राखेको छ ।
नेपाली इतिहासमा नै ३ बजे नै केजीएफको लागि हल खुलिएको थियो ।
अहिलेसम्म हलमा दर्शकको ओइरो केजीएफमा लागिरहेको छ । उसले तीन दिनमा ६ करोड ग्रस कलेक्शन गरिसकेको छ ।
फितलो पटकथा, चोरीका डायलग आरोप लागे पनि नेपाली चलचित्र ए मेरो हजुर ४ ले पनि आफ्नो व्यापारलाई निरन्तरता दिइरहेको छ ।
ए मेरो हजुरले अहिलेसम्म २ करोड भन्दा बढी व्यापार गरेको निर्माताको दाबी रहेको छ ।
नेपालीमा फिल्ममा कमाईका खासै एकिन आँकडा नआए पनि आफ्नो फिल्मले राम्रो व्यापार गरेको देखाउनलाई कमाएको भन्दा बढी रकम भन्ने परिपाटि रहेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:१३
प्रतिक्रिया दिनुहोस्