गर्भनर अधिकारीको निलम्बनको विरोधमा राष्ट्र बैँकमा प्रर्दशन
काठमाडौँ—नेपाल राष्ट्र बैँक कर्मचारी संघ केन्द्रीय समितिले गर्भनर महा प्रसाद अधिकारीको निलम्बनको विरोधमा बैँकको बालुवाटार परिसमा प्रदर्शन गरेको छ ।
कर्मचारीले राष्ट्रबैँकको सम्पूर्ण कार्यालयहरुमा केन्द्रीय बैँकको स्वायत्तता माथिको नाङ्गो हस्तक्षेप बन्द गर, निराधार तथा कपोल्कल्पित आरोपमा गर्भनर अधिकारी माथि शुरु गरिएको कारवाही प्रक्रिया अविलम्ब फिर्ता गर र संकटोन्मुख राष्ट्रिय अर्थतन्त्रको उद्दारका लागि तल्काल विशेष नीति तर्जुमा गरी कार्यान्वयन गर जस्ता कालो ब्यानर प्रर्दशन गरेको कर्मचारी संघका सचिव कृष्ण प्रसाद खरालले बताए ।
कोणसभालाई सम्बोधन गर्दै नेपाल राष्ट्र बैँक कर्मचारी संघका केन्द्रीय अध्यक्ष रुद्र प्रसाद तिम्सिनाले जब राज्य संचालहरु वित्तीय प्रणालीको दुरुप्रयोग गरी गलत क्रियाकलापमा लिप्त वित्तीय माफियाहरुको चंगुलमा फस्ने गर्छन् तब नेपाल राष्ट्र बैँकको नेतृत्वमाथि आक्रमण हुने गरेको बताए ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५६
प्रतिक्रिया दिनुहोस्