शेयर बजार २९ अङ्कले घट्यो
काठमाण्डौ – नेपाली नयाँ वर्ष २०७९ सालको पहिलो दिनको कारोबारमै शेयर बजार ओरालो लागेको छ ।
शेयर बजार परिसूचक नेप्से आज आइतवार २९ दशमलव ६ अङ्कले घटेर दुई हजार ३ सय ८५ दशमलव ६४ विन्दुमा झरेको छ ।
सबै समूहको शेयर घटेकोमा बीमा, जलविद्युत्, होटल, विकास बैंक, उत्पादन र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ ।
दोहोरो अङ्कले बजार घटेको दिन दुई सय ३३ कम्पनीका ३४ लाख सात हजार कित्ता शेयर एक अर्ब ४४ करोड रुपैयाँमा कारोबार भएकाे छ ।
सबैभन्दा धेरै नेपाल दूरसञ्चार कम्पनीको ४९ करोड ९४ लाख रुपैयाँको शेयर किनबेच भयो ।
नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । संस्थाकाे सेयरमूल्य १० प्रतिशतले बढेर २ हजार ४ सय ८८ रूपैयाँ ९० पैसा पुगेकाे छ ।
यस दिन हिमालयन ऊर्जा विकास कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर ३ सय ६४ रूपैयाँ ५० पैसामा झरेकाे छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०२:५६
प्रतिक्रिया दिनुहोस्