Nic Ad Nic Ad
Nic Ad Nic Ad

सर्लाहीमा बसको ठक्करबाट साइकलयात्री शंकरको मृत्यु

शुक्रबार, मंसिर ९, २०७९
                फाइल तस्बिर काठमाडौं - सर्लाहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको प्रहरीले जनाएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको हो । नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई ठक्कर दिएको हो । बस चालक फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर ९, २०७९  ०४:५६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार