Nic Ad Nic Ad
Nic Ad Nic Ad

पल प्रकरण : नाबालिग गायिकाले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले यसरी खुशी व्यक्त गरिन्

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा हालेकी नाबालिग गायिकाले आफ्नो बयान फेरेकी छिन् । आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा पीडित भनिएकी नाबालिग गायिकाले जाहेरीमा उल्लेखित विवरणहरू सत्य नभएको बताएकी हुन् । पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको उनले बयान दिएकी हुन् । नाबालिग गायिकाले बयान फेरेपछि अभिनेत्री पूजा शर्माले खुसी व्यक्त गरेकी छन् । बकपत्रका क्रममा दबाब र प्रभावमा परेको भन्दै बयान फेरेको समाचारहरु सार्वजनिक भएसँगै अभिनेत्री शर्माले खुसी व्यक्त गरेकी हुन् । उनले सामाजिक सञ्जालमा सञ्जालमा लेखेकी छन्, ‘थ्याङ्क्यु गड ।’
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०२:१४
प्रतिक्रिया दिनुहोस्