फ्रेन्च लिग वान : पीएसजी उपाधि नजिक
काठमाडौँ– नेयमार र केलियन एमबाप्पेको गोलको मद्दतले पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलको उपाधि नजिक पुगेको छ ।
आइतबार राति दोस्रो स्थानको मार्सेलीलाई २-१ गोल अन्तरले हराएसँगै पीएसजी उपाधि नजिक पुगेको हो ।
घरेलु मैदानमा पीएसजीलाई जित दिलाउन नेयमार र केलियन एमबाप्पेले एक एक गोल गरे ।
पहिलो हाफको इन्जुरी समयमा पीएसजीले पाएको पेनाल्टीमा एमबाप्पेले गोल गरेका थिए ।
डुजे कालेटा कारले मार्सेलीका लागि १ गोल गरे ।
यस जितसँगै पीएसजीले लिगमा १५ अंकको अग्रता बनाएको छ ।
पीएसजीले ३२ खेलमा ७४ अंक जोडेको छ भने मार्सेलीले ५९ अंक जोडेको छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९ २१:४३
प्रतिक्रिया दिनुहोस्