Nic Ad Nic Ad
Nic Ad Nic Ad

रुस–युक्रेन युद्ध : मारियोपोल शहरको अस्तित्व नामेट

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– युक्रेनको दक्षिण–पूर्वी बन्दरगाह शहर मारियोपोलको अब कुनै अस्तित्व नरहेको विदेशमन्त्री दिमित्रो कुलेभाले बताएका छन् ।

उक्त शहरमा पछिल्लो दुई महिनादेखि रुसले लगातार आक्रमण गर्दै आइरहेको छ । मारियोपाले शहर पूर्ण रुपमा ध्वस्त भएको छ ।

विदेशमन्त्री कुलेभाले एक टेलिभिजन अन्तरवार्ताका क्रममा मारियोपोलको अस्तित्व मेटिएको बताएका हुन् । रुसी सैनिकले कुनै पनि हालतमा शहरको नामोनिशान मेटाउने उद्देश्य लिएर आक्रमण जारी राखेको उनको भनाइ छ ।

रुसी सेनाले युक्रेनका शहरमा हवाई आक्रमण तथा गोलाबारी जारी राखेको युक्रेनी अधिकारीहरुले बताएका छन् ।

आइतबार मारियोपोलमा युक्रेनी सेनाले रुससामू आत्मसमर्पण गर्न अस्वीकार गरेको थियो । रुसले सोमबार मारियोपोल शहरमा प्रवेश प्रतिबन्ध लगाउने योजना बनाइरहेको उक्त शहरका अधिकारीहरुको भनाइ छ ।

यस्तै, रुसी सेनाले खार्किभ शहरमा हवाई आक्रमण गर्दा पाँच जनाको मृत्यु भएको छ । उक्त आक्रमणमा १३ जना घाइते भएको अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्