Nic Ad Nic Ad
Nic Ad Nic Ad

बढेको ट्याक्सी भाडादर आजदेखि लागू, अब कति तिर्नुपर्छ ?

बिहीबार, मंसिर ८, २०७९
काठमाडौं - बागमती प्रदेश सरकारले बढाएको ट्याक्सी भाडादर आज (सोमबार) देखि लागू हुँदैछ । बागमतीमा १ वैशाखदेखि नै अन्य यातायातका साधनमा बढेको भाडादर लागू भएको थियो । ट्याक्सीमा बढेको भाडादर भने आजदेखि मात्रै लागू भएको हो । नयाँ भाडादर अनुसार ट्यक्सीमा सुरुवाती कलमा ५० रुपैयाँ, प्रति दुई सय मिटरमा १० रुपैयाँ, जाममा रोकिनु पर्दाको प्रतिक्षा शुल्क प्रति १ मिनेटको १ रुपैयाँ २० पैसा र प्रतिक्षा अधिकतम समय ३० मिनेट कायम गरिएको छ । अब प्रतिदिन ६० वटा ट्याक्सीको मिटरमा भाडा समायोजन गरिने गुणस्तर तथा नापतौल विभागले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  ०३:२७
प्रतिक्रिया दिनुहोस्