Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानका प्रधानमन्त्री शरिफले किन प्रकट गरे चीन र टर्कीप्रति आभार ?

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ– पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री शहबाज शरिफले चीन–पाकिस्तान आर्थिक करिडोरका लागि चीनका राष्ट्रपति सि जिनपिङ र चिनियाँ नागरिकप्रति आभार व्यक्त गरेका छन् ।

प्रधानमन्त्री शरिफले एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘म राष्ट्रपति सि जिनपिङ तथा चिनियाँ जनताप्रति आभार व्यक्त गर्दछु । कि भने उनीहरुले हामीलाई सीपीईसीको उपहार दिएका छन् । यो पाकिस्तानका लागि गेम चेन्जर हो ।’

प्रधानमन्त्री शरिफले टर्की र टर्कीका राष्ट्रपति रेसेप तैय्यप अर्दोगानलाई समेत धन्यवाद दिएका छन् । टर्कीले सधैँ पाकिस्तानको समर्थन गर्दै आएको र टर्कीका जनता एक चट्टानको रुपमा पाकिस्तानको साथमा उभिएको उनले बताए । शान्तिको अवस्थामा होस् वा समस्याग्रस्त अवस्थामा होस् टर्कीले पाकिस्तानलाई सधैँ साथ दिएको प्रधानमन्त्री शरिफको भनाइ छ ।

सन् २०१५ मा चीन–पाकिस्तान आर्थिक करिडोरको घोषणा गरिएको थियो । उक्त आर्थिक करिडोर चीनको महत्वकांक्षी बेल्ट एण्ड रोड इनिसिएटिभअन्तर्गत निर्माणाधीन व्यापारिक नेटवर्कको एक हिस्सा हो । सीपेकअन्तर्गत पाकिस्तानमा पूर्वाधारसँग जोडिएका कयौँ परियोजना सञ्चालन भइरहेका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्