Nic Ad Nic Ad
Nic Ad Nic Ad

राजापाक्षले नियुक्त गरे १७ मन्त्री, आठ जना पुरानै

बिहीबार, मंसिर ८, २०७९

कोलम्बो - श्रीलङ्कामा उत्पन्न आर्थिक सङ्कटसँग जुध्न राष्ट्रपति गोटाबाय राजापाक्षले नयाँ १७ मन्त्री नियुक्त गरेका छन् । मन्त्रीपरिषद विस्तार गरेपछि देशमा उत्पन्न राजनीतिक सङ्कट तथा आन्दोलनलाई समेत व्यवस्थापन गर्न सजिलो हुने अपेक्षा गरिएको छ ।

त्यसैगरी प्रशासनिक तथा सार्वजनिक कामहरु पनि तीव्र रुपमा हुने र समस्या तथा असन्तुष्टिहरुको सम्बोधन हुने आशा गरिएको उनले बताएका छन् । नव नियुक्त सबै मन्त्रीहरुलाई सोमबार नै राष्ट्रपति कार्यालयमा शपथग्रहण गराइ सकिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति राजापाक्षले अहिले तेस्रो पटक मन्त्रीपरिषद्को पुनर्गठन गरेका हुन् । नयाँ थपिएका मन्त्रीहरुमध्ये आठ जना पुराना मन्त्रीहरु नै दोहोरिएका छन् । यसअघि यही अप्रिल ३ मा तत्कालीन मन्त्रीपरिषद्का सबै २६ सदस्यहरुले सामुहिक राजीनामा दिएका थिए । देशमा आर्थिक तथा राजनीतिक सङ्कट बढेपछि आम नागरिक आन्दोलित भएकाले मन्त्रीहरुले सामूहिक राजीनामा दिएका हुन् । आर्थिक सङ्कटका कारण देशमा अत्यधिक मूल्य बृद्धि भएको छ भने कतिपय बस्तु तथा सेवाको चरम अभाव भएको छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  १२:२९
प्रतिक्रिया दिनुहोस्