भारतीय आयल कर्पोरेसनले पठायो इन्धनको नयाँ मूल्यसूची
काठमाडौं - भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलको प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ ।
डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जानकारी दिएको छ । ‘पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको छ,’ निगमका सहायक प्रवक्ता पुस्कर कार्कीले भने, ‘नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड नोक्सान छ ।’ यसअघि चैत महिनामा (अप्रिल १) मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।
प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९ ०३:२८
प्रतिक्रिया दिनुहोस्